काठमाडौँमा भारतीय फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

bimbonline बिम्ब अनलाइन
२०८० असार ७ १४:१० बजे

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँका फिल्म हलहरूमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धीर बहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

चलचित्र सङ्घका कानुन व्यवसायी जयलाल भण्डारीका अनुसार यो विषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले १२ असारमा दुवै पक्षलाई बोलाएको छ ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

२०८० असार ७ १४:१० बजे

प्रतिक्रिया