चीनको निन्गशिया शहरमा ग्याँस विस्फोट हुँदा ३१ जनाको मृत्यु, ७ जना घाइते

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार निन्गशिया शहरको एउटा रेष्टुरेन्टमा यो विस्फोट भएको हो

bimbonline बिम्ब अनलाइन
२०८० असार ७ १०:५३ बजे
ग्याँस विस्फोट भएकाे सहर

काठमाडौँ । चीनको उत्तर-पश्चिमी निन्गशिया शहरमा बुधबार राति भएको ग्याँस विस्फोटमा परेर कम्तिमा पनि ३१ जनाको मृत्यु भएको छ ।विस्फोटमा परी अरु ७ जना घाइते भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार निन्गशिया शहरको एउटा रेष्टुरेन्टमा यो विस्फोट भएको हो ।खाना पकाउन प्रयोग हुने ग्यास चुहिएपछि आगो लागेर विस्फोट भएको हो ।

चिनियाँ राष्ट्रपछि सि जिनपिङले दुर्घटनामा घाइते भएकाहरुको उपचारमा हरसम्भव प्रयास गर्ने बताएका छन् ।

उनले महत्वूर्ण उद्योग तथा व्यापारिक क्षेत्रमा यस्ता खालका दुर्घटना हुन नदिन आवश्यक सतर्कता अपनाउनु पनि निर्देशन दिएका छन् ।

२०८० असार ७ १०:५३ बजे

प्रतिक्रिया