युएईमा समस्यामा परेका १४ नेपाली श्रमिकहरूकाे उद्धार 

समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता, रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायत १४ जना रहेका छन्

bimbonline बिम्ब अनलाइन
२०८० असार ६ १२:२९ बजे

काठमाडौँ । युएईमा समस्यामा परेका १४ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । उनीहरूको उद्धार गरी नेपाल ल्याइएको हो । दुबईस्थित गैर आवासीय मधेसी संघ युएई (एनआरएमए)को पहलमा उनीहरूलाई उद्धार गरी नेपाल पठाइएको हो । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धार गरी नेपाल फर्काइएको सङ्घका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।

युएईमा कार्यरत उनीहरूमध्ये कोही २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेका थिए । 

त्यसरी अलपत्र परेकाहरूलाई एयर अरेबियाको फ्लाइटबाट स्वदेश पठाइएको हो । अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता, रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायत १४ जना रहेका छन् ।

२०८० असार ६ १२:२९ बजे

प्रतिक्रिया