देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव, हल्का देखि मध्यम वर्षा

bimbonline बिम्ब अनलाइन
२०८० असार ६ ०९:४८ बजे
rain

 काठमाडौँ । हाल देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ । 

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 बिहीबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी तथा गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 चेतावनी तथा परामर्श 

देशका केही स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले मेघ-गर्जनरचट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव तथा वर्षा का कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

२०८० असार ६ ०९:४८ बजे

प्रतिक्रिया