विश्वकप छनोट क्रिकेटमा अमेरिकालाई हराउँदै नेपालले महत्त्वपूर्ण दुई अङ्क प्राप्त गर्याे

bimbonline बिम्ब अनलाइन
२०८० असार ५ २०:१३ बजे

कामठाडौँ । जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालका भीम सार्कीले अर्धशतक प्रहार गरेका छन्।

भीमले तेस्रो अर्धशकत बनाउने क्रममा ९७ बलमा ४ चौका हिर्काए। नेपालले खेलमा ३७ ओभरमा ४ विकेटको क्षतिमा १६३ रन जोडेको छ।

यसअघि कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १३ रनमा आउट भए। यस्तै आसिफ शेख १२ रनमा अमेरिकाका नेत्रभाल्करको एलबिडब्लूको धरापमा पर्दा कुशल भुर्तेल ३९ रनमा केन्जिगेबाट क्याच भए।

आसिफ शेख १२ रनमा आउट भए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल १३ रनमा पभेलियन फर्केका थिए । यसअघि जिम्बाव्वेको हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे ।

नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । १० ओभर बलिङ गरेका उनले ५८ रन दिएका थिए ।

२०८० असार ५ २०:१३ बजे

प्रतिक्रिया