बझाङ मन्त्री सवार गाडी दुर्घटना : २ जनाको मृत्यु, मन्त्रीसहित ३ जनालाई हेलिकप्टरमा नेपालगन्ज लगियो

bimbonline बिम्ब अनलाइन
२०८० असार ५ १६:४४ बजे

काठमाडौँ । बझाङमा भएको गाडी दुर्घटनामा  घाइते भएकाहरूमा २ जनाको मृत्यु भएको छ । घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।

बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जानकी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए ।

दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जनाइएको छ ।  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगन्ज लगिएको छ । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

२०८० असार ५ १६:४४ बजे

प्रतिक्रिया