नागरिकता पीडितको आन्दोलनमा प्रहरीले किन गर्‍यो हस्तक्षेप ?

bimbonline बिम्ब अनलाइन
२०८० असार ५ १४:१३ बजे

काठमाडौँ । नागरिकताको माग गर्दै काठमाडौँको माइतीघरमा आन्दोलनरत सर्वसाधारणलाई प्रहरीले हटाउने प्रयास गरेको छ ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउँदा आफूहरू नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित सङ्घर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।

आज मङ्गलवार प्रहरीले उक्त आन्दोलनमा हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग गरेको हो।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ। तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तान नागरिकताविहीन छन्।

२०८० असार ५ १४:१३ बजे

प्रतिक्रिया