चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०८० असार ४ १६:०१ बजे

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भेटवार्ता भएको छ । सोमबार उनीहरूबीच ग्रेट हल अफ द पिपुलमा भेटवार्ता  भएको हो । भेटवार्तामा सीले विश्वलाई सामान्यतया स्थिर चीन-अमेरिका सम्बन्धको आवश्यकता रहेको बताए । 

दुई देशको साझा हितको कदर हुनुपर्ने र आ-आफ्नो सफलता एकर्काका लागि खतराको सट्टा अवसर भएको उल्लेख गर्दै सीले दुई देशले इतिहास, जनता र विश्वका लागि जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने  बताए । चीन-अमेरिका सम्बन्धलाई सुमधुर बनाइ विश्व शान्ति र विकासमा योगदान पुर्‍याउन  आवश्यक रहेको सीको भनाइ रहेको छ । अमेरिका र चीनको सुमधुर सबन्धले परिवर्तनशील र अशान्त विश्वलाई थप स्थिर, निश्चित र रचनात्मक बनाउन ठुलो भूमिका खुल्ने सीको भनाइ छ ।

 भेटका क्रममा सीले एक राष्ट्र अर्कोको विकासलाई बाधा गर्ने नहुने भन्दै सीले कुनै पनि देशले अर्को देशको अधिकारलाई हानी पुर्‍याउन नहुने बताएका छन् ।  सीले चीन-अमेरिका सम्बन्धलाई सधैँ सुदृढ र स्थिर रहने आशा राखेको र दुई प्रमुख देशले विभिन्न कठिनाइहरू पार गरी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत-जीत सहयोगका आधारमा सही बाटो खोज्न सक्ने विश्वास व्यक्त गरे । अमेरिकी पक्षले तर्कसङ्गत र व्यावहारिक दृष्टिकोण अपनाउने र सोही दिशामा चीनसँग काम  गर्ने  सीको भनाइ छ । 

चीन-अमेरिका सम्बन्धलाई स्थिर र सुधार गर्न दुवै पक्षले आफू र राष्ट्रपति बाइडेनले बालीमा गरेको साझा समझदारीप्रति प्रतिबद्ध रहनुपर्ने र सकारात्मक कथनहरूलाई कार्यमा रूपान्तरण गर्नुपर्नेमा राष्ट्रपति सीले जोड दिए ।  

२०८० असार ४ १६:०१ बजे

प्रतिक्रिया