सेयर बजारमा सामान्य गिरावट 

bimbonline बिम्ब अनलाइन
२०८० असार ४ १५:४३ बजे

काठमाडौँ । विगत ९ दिनदेखि लगातार उकालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा साताको दोस्रो दिन आज सोमबार बे्रक लागेको छ । विगत ९ दिनमा लगातार १९१ अङ्कले बढेपछि बजार सोमबार करिब ३ अङ्कले ओरालो लागेको हो । 

 आज नेप्से २.९४ अङ्कले ओरालो लागेको हो । नेप्से आज ओरालो लागेसँगै २०९१.३९ विन्दुमा पुगेको छ । कारोबार रकम करिब ५ अर्ब नजिक पुगेको छ। यस दिन ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँ बराबरको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबारको बजारमा लगानीकर्ताको आकर्षण फाइनान्स र विकास बैंकमा देखिन्छ। यस दिन फाइनान्स उपसमूहको सूचक ५.२२ प्रतिशतले बढेको छ भने विकास बैङ्क उपसमूहको सूचक ३.४९ प्रतिशतले बढेको छ।

सोमबारको बजारमा लगानीकर्ताले सेक्टर परिवर्तन गर्न खोजेको देखिन्छ तर बजारमा खरिद चाप भने कायमै छ। हालसम्म फाइनान्स र विकास बैङ्कको सेयर मूल्य अन्य कम्पनीको तुलनामा निकै कम बढेको थियो। जसले गर्दा लगानीकर्ताले उक्त क्षेत्रमा खरिद चाप बढाएको देखिन्छ।

यस दिन सेन्ट्रल फाइनान्स,माउन्टेन इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने विपिडब्लु लघुवित्त, मेन्छियम हाइड्रोपावर र सिटि होटलको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।

सोमबार युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले  ओरालो लागेको छ । पाँचथर पावर, अभियान लघुवित्त र अपरहेवा हाइड्रोको सेयर मूल्य पनि उच्च दरमा  ओरालो लागेको छ । 

 आज  शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनीको १८ करोड १३ लाख, सोल्टि होटलको १७ करोड ८९ लाख र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

 

२०८० असार ४ १५:४३ बजे

प्रतिक्रिया