खराब मौसमका कारण प्रधानमन्त्री सवार हेलिकोप्टर पाँचथरमा ल्यान्डिङ हुन सकेन

bimbonline बिम्ब अनलाइन
२०८० असार ४ १४:५४ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन पाँचथर पुगेकोमा हेलिकोप्टर भने ल्यान्डिङ हुन सकेन । प्रधानमन्त्री प्रचण्डसहित सवार रहेको नेपाली सेनाको हेलिकोप्टर ल्यान्डिङ हुन नसकेको हो । हेलिकोप्टर खराब मौसमका कारण ल्यान्डिङ हुन नसकेको हो ।

प्रधानमन्त्री दाहालको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङ, सांसद योगेश भट्टराई, वसन्त नेम्वाङ, दिपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की हुनुहुन्छ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि प्रधानमन्त्रीको साथमा रहेका छन् । प्रधानमन्त्री दाहालले आजै सङ्खुवासभाको तुम्लिङटारको अवलोकन गरेका छन् ।

२०८० असार ४ १४:५४ बजे

प्रतिक्रिया