बलात्कार पीडित किशोरीलाई कैद सजायकाे फैसला उच्च अदालतले उल्ट्यायो

bimbonline बिम्ब अनलाइन
२०८० असार ४ १०:२५ बजे

काठमाडौँ । बलात्कार मुद्दामा बयान फेरेको भन्दै एक किशोरीलाई साढे ३ वर्ष कैदको फैसला सुनाइएकोमा सो फैसला उल्ट्याइएको छ  । जिल्ला अदालत अछामको फैसलालाई उच्च अदालत दिपायलले फैसला उल्ट्याएको हो । 

उच्च अदालतले आरोपितले सफाइ पाउने जिल्ला अदालतको फैसलालाई सदर गरेपछि पीडित किशोरीलाई सजाय गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको हो । १० फागुन २०७८ मा आफूमाथि बलात्कार भएको भन्दै अछाम कमलबजारकी १९ वर्षीय एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसका आधारमा जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

अदालतमा भने ती किशोरीले आफूमाथि बलात्कार नभएको भन्दै बयान गरेकी थिइन् । बयान फेरेको भन्दै जिल्ला न्यायाधीश नवीनकुमार जोशीले किशोरीलाई साढे ३ वर्ष कैद सजाय सुनाएका थिए । विवादास्पद फैसलापछि उनी सर्वोच्चमा तानिएका थिए । त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतका न्यायाधीशहरू देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले पीडितमाथिको सजाय उल्ट्याएको हो ।

२०८० असार ४ १०:२५ बजे

प्रतिक्रिया