आर्थिक मन्दीको प्रभाव घरजग्गा गाडीको कारोवारमा वढि

bimbonline बिम्ब अनलाइन
२०८० असार ३ १०:३६ बजे

काठमाण्डौ।   केही दिनअघि सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्‍यो । कित्ताकाट फुकुवा गर्नेबित्तिकै जग्गाको कारोबार बढ्ने विश्वास सरकारको थियो । दुई वर्षअघि मालपोत कार्यालयमा जग्गाको किनबेचका कारण खुट्टा टेक्ने ठाउँ हुँदैन थियो ।तर, अहिले यसको ठिक विपरीत भएको छ । कुनै बेला खुट्टा टेक्ने ठाउँ नपाउने मालपोत कार्यालय अहिले सुनसान देखिन्छ । यसरी मालपोत कार्यालय सुनसान हुनुको कारण पनि हामी सबैलाई थाहै छ । पछिल्लो समय बजारमा घरजग्गाको कारोबार ठप्प छ । घरजग्गा बेच्न चाहने त धेरै छन् तर किन्ने शून्यझैँ छ । मानिससँग पैसा नभएकाले पनि घरजग्गाको कारोबारमा मन्दी आएको सजिलै अनुमान लगाउन सकिन्छ । सुनिन्छ, तीन वर्षअघि आनाको ८० लाखमा किनेको जग्गा अहिले त्योभन्दा कममा पनि बिक्री हुँदैन ।

घरजग्गाको कारोबारमा पूरै मन्दी आउँदा पनि सरकारको यसतर्फ ध्यान गएको देखिँदैन । यी क्षेत्रमा लगानी गरेका अधिकांश मानिसहरू लगानी डुबेपछि मर्नु न बाँच्नु अवस्थामा पुगेका छन् । बैङ्क तथा वित्तीय संस्थालाई पनि यसको असर परेको देखिन्छ । हुन त यिनीहरूले हामी अहिले बचतकर्ताको रकम सुरक्षित रहेको दाबी गर्दै आइरहेका छन् । तर, सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमै भएका कारण यी सङ्घसंस्था कतिखेर भाग्छन् भनेर भन्न सकिँदैन ।बैङ्कमा आफ्नो घरजग्गा, गाडी र सेयर धितो राखेर ऋण लिएका ऋणीहरूले अहिले साँवा ब्याज तिर्न नसक्ने भन्दै धितो नै लिलाम गर्न आग्रह गरिरहेका छन् । तर, ऋणीबाट लिलाम गरेको घरजग्गा, गाडी र सेयर बैङ्कले बिक्री गर्न सकिरहेको छैन । त्यसैले, अहिले बैङ्कको लगानी डुब्ने अवस्थामा पुगेको छ । हुन त यिनीहरूले पनि हिजो ब्याजको लोभमा घरजग्गा, गाडी र सेयरलाई ठूलो कर्जा प्रवाह गरेका थिए । तर, अहिले ब्याजको त कुरै छोडौँ, साँवा नै नउठ्ने भएको छ ।

बैङ्कबाट ऋण लिएर व्यापार व्यवसाय सञ्चालन गर्नेहरू दुई वर्षदेखि ऋणको साँवा ब्याज तिरेका छैनन् । साथै, अहिले पनि ऋण तिर्न नपरोस् भनेर राजनीतिक दलका नेता कहाँ चाकरी गरिरहेका छन् । अहिले बैङ्कले सेयर होल्डरहरूलाई बोनस दिन सकेको छ । कर्मचारीलाई तलब दिएको छैन त घरधनीलाई भाडा । यसरी तलब नपाएपछि बैङ्कका कर्मचारी भटाभट जागिर छोडिरहेका छन् । उता सेयर होल्डरहरूले पनि सेयर बेच्न सूचना जारी गरिसकेका छन् ।अब झन् यस्तै भइरहने हो भने जनताले बैङ्क तथा वित्तीय संस्थामाथि कहिल्यै विश्वास गर्ने छैनन् । तीन वर्षअघि दुई करोड मूल्य पर्ने घडेरी धितो राखेर बैङ्कले एक करोड कर्जा प्रवाह गर्‍यो । त्यसमा १० लाख घुस, २ प्रतिशत सेवा शुल्क र १६ देखि ४८ प्रतिशतसम्म ब्याज लियो । अहिले बैङ्कबाट एक करोड लिएको ऋण डेढ करोड पुगेको छ । तर, धितो लाख मूल्यमा झरेको छ । भनिन्छ, घरजग्गाको मूल्य सात दशकअघिकोमा पुग्यो । मानिसहरूले भाडाको लोभमा बैङ्कबाट ऋण लिएर घडेरी किने । तर, बैङ्कको ऋण तिर्न नसक्दा घर त गयो नै सँगै कालोसूचीमा पनि परियो । पहिला पहिला बैङ्कहरू एकको घरजग्गा, गाडी र सेयर लिलाम गर्नेबित्तिकै अर्कालाई बेचिहाल्थ्यो । अहिले यी क्षेत्रमा लगानी गर्न चाहने कोही छैन ।

जसले गर्दा बैङ्कको सम्पूर्ण लगानी डुब्ने अवस्थामा पुगेको हो । ५६ लाखबढी सेयर लगानीकर्ताको अहिले रुवाबासी छ । लगानी डुबेपछि उनीहरू करोडपतिबाट सडकपति भएका छन् । घरजग्गा र गाडीमा लगानी गर्नेहरू पनि यहीँ हालत छ । अहिले प्रायजसो अधिकांश व्यवसायी डुबेका छन् । नडुबेको भन्ने यहाँ कोही भेटिँदैन । पछिल्लो समय बजारमा मूल्य बढेको भनेकै खाद्यान्नको हो । नभए अन्य सबै क्षेत्रमा मन्दी छ । केही वर्ष अघिसम्म घरजग्गा, गाडी र सेयर व्यापारीलाई हेर्ने दृष्टिकोण नै निकै फरक थियो । उनीहरूले ऋण चाहियो भन्नेबित्तिकै बैङ्कदेखि व्यक्ति समेत तयार हुन्थे । तर, अहिले डुबेको थाहा पाएपछि कोही पनि उनीहरूलाई ऋण तिर्न तयार छैनन् ।


२०८० असार ३ १०:३६ बजे

प्रतिक्रिया