प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए शपथ

bimbonline बिम्ब अनलाइन
२०८० असार १ १७:५९ बजे

काठमाडौँ । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम आज सर्वसम्मत अनुमोदन गरेसँगै उनलाई राष्ट्रपति राम चन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्य योजना पेस गरेका कार्कीसँग आज प्रश्नोत्तर भएको थियो। प्रश्नोत्तर सकिएसँगै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ। कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन्।

२०८० असार १ १७:५९ बजे

प्रतिक्रिया