७७ ‍‌औँ जयतु संस्कृतं दिवस आज

bimbonline बिम्ब अनलाइन
२०८० असार १ ०८:२२ बजे

 काठमाण्डौ ।२००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले शिक्षामा सुधारका लागि गरेको आन्दोलनको सम्झना गर्दै जयतु संस्कृतं दिवस मनाइन्छ। विद्यार्थीले शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान र भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध आन्दोलन गरेका थिए। पछि यो आन्दोलन पछि जहानियाँ राणाशासनविरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। 

राणा शासकले विद्यार्थीलाई तीनधारा पाठशालाबाट चारपाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाइएको थियो । 

देशका विभिन्न भाग हुँदै विद्यार्थी भारतको वनारस पुगे। राणा शासनको अन्त्य गर्न वनारसमा बसेर प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहेका नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायत नेतासँग जयतु संस्कृतंका अगुवा पूर्णप्रसाद ब्राह्मण र श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा २०५५ सालमा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतंलाई संस्थागत स्वरूप दिई विधिवत् रूपमा दर्ता गरिएको थियो। त्यसै वर्षदेखि संस्थागत यो दिवस मनाउन थालिएको हो।

 



२०८० असार १ ०८:२२ बजे

प्रतिक्रिया