नक्कली शरणार्थी प्रकरण : प्रतिवादीको तर्फबाट बहस सकियो

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३२ १७:०४ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका सबै प्रतिवादीको तर्फको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सबै १८ प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् । 

प्रतिवादीको तर्फबाट बहस सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् ।

२०८० ज्येष्ठ ३२ १७:०४ बजे

प्रतिक्रिया