महानगरले बन्द गरायो भृकुटीमण्डपको शैक्षिक मेला

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३२ १६:५७ बजे

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले बन्द गरिदिएको छ ।

एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएकाे काठमाडौँ महानगरपालिकाले जनाएको छ । मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले महानगर सो कार्यक्रम बन्द गराएको जानकारी गराएका हुन् ।

भृकुटीमण्डपमा शैक्षिक मेला हुँदै छ भनेर महानगरले बिहीबार बिहान मात्रै जानकारी पाएको बजगाईँको बताए । कलेजमा लाग्ने शुल्क लगायतका विषय शैक्षिक मेलामा नबताउन भनेका र पढाइ हुने विषयबारे मात्र विद्यार्थीहरूलाई जानकारी गराउने सर्तमा भोलिदेखि मेला आयोजना गर्न पाइने बजगाईँले  बताएका छन् ।

बिहीबारदेखि नै सुरु भएको चार दिने शैक्षिक मेलाको उद्घाटन सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए। मेलामा ५० भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू राखिएको थियो ।

२०८० ज्येष्ठ ३२ १६:५७ बजे

प्रतिक्रिया