विवाहपुर्व वार्डको सिफारिस अनिवार्य वालविवाह रोक्ने प्रयास

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३२ ०९:२२ बजे

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लागू गरेको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।

वडाध्यक्ष शिवराज गिरीले भन्नुभयो बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिइ विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दिनुभयो । वडालाई बालमैत्री वडा घोषणा गरिएको छ 

बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बताउनुभयो । जन्मदर्ता र नागरिकता साथमा ल्याइ विवाहका लागि सिफारिस लिन सकिने छ। विवाहका लागी केटाकेटीको उमेर विस वर्ष पुरा भएको हुनु पर्छ।


२०८० ज्येष्ठ ३२ ०९:२२ बजे

प्रतिक्रिया