संसदीय सुनुवाइ समितिमा उजुरीकर्ता पनि सहभागी 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३१ १३:३९ बजे

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने उजुरीकर्ताहरूले सामूहिक रूपमा बस्न पाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् । बुधबार बिहान ११ बजेबाट सुरु भएको उजुरीकर्तासँगको छलफलका क्रममा उनीहरुले सामूहिक रुपमै बस्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरिरहेको छ ।

समितिले बिहीबार कार्कीको सुनुवाइ गर्ने तय गरेको छ । त्यसको अघिल्लो दिन उजुरीकर्ताहरूलाई उनीहरूको उजुरीमाथि छलफल गर्न बोलाइएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश समेत रहेका कार्कीविरुद्ध २९ वटा उजुरी  परेका छन् । 

उजुरीकर्ताहरूले कार्कीलाई समेत उपस्थित गराएर छलफल गर्नुपर्ने माग गरेका थिए । समितिले उक्त माग अस्वीकार गरेको छ । सुनुवाइ समितिले भने अहिले केही उजुरीकर्तालाई मात्र बैठकमा सहभागी गराएको छ । 

२०८० ज्येष्ठ ३१ १३:३९ बजे

प्रतिक्रिया