दोस्रो दिन पनि बालकृष्ण खाँणको तर्फबाट बहस सुरु

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३१ ११:२८ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट आजको बहस पनि सुरु भएको छ । खाँणको पक्षका वकिलले मंगलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी छ ।  पहिलो दिन खाँणको तर्फबाट १० जना वकिलले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दै छन् । 

खाँणको तर्फबाट बहस गर्ने वकिलहरू धेरै भएकाले दुई दिन लागेको हो । मंगलबार पूर्वगृहमन्त्री खाँणका तर्फबाट कानुन व्यवसायीहरू  शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए । बुधबार सुरुमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस थालेका छन् । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सरकारी वकिलको बहसपछि प्रतिवादीको तर्फबाट वकिलहरूले निरन्तर बहस गर्दै आएका छन् । न्यायाधीश न्यौपानेले आज बहस सकेर आदेश दिनेगरी योजना बनाएको भएपनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने निश्चित भएको छ । 

२०८० ज्येष्ठ ३१ ११:२८ बजे

प्रतिक्रिया