सुन कम भए फाँसीमा चढ्न तयार : डा.मिलनकुमार थापा 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३० १६:४३ बजे

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ ।

मंगलबार सङ्घीय संसद् राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा।मिलनकुमार थापाले पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरी सुन नै भएको  दाबी गरेका हुन् । 

उनले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए । आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहभरी आँशु समेत झारेका छन् ।

उनले आफूलाई लागेको आरोपको खण्डन गर्दै राज्य पनि आफूलाई हेपको बताएका छन् । थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर जीविका चलाउनुपर्ने अवस्था नरहेको बताए । उनले जलहरी प्रकरणमा आफूले आत्महत्या गर्ने अवस्था आएको हो भन्दै प्रश्न समेत गरेका छन् ।

सदस्य सचिव थापाले भने, ‘सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्महत्या गर्नुपर्ने हो रु माननीयज्यूहरू । म यो सुनको जलहरी समितिको संयोजक हो। यसमा नेपाल राष्ट्र बैङ्कले दिएको सम्झौता अनुसार हामीले सुन लिएर आएका छौँ–१०३ केजी । त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनीत भएपछि हामी कर्मचारी हो। राज्यका प्रमुखहरुले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत होरु त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो। उहाँहरूको निर्देशनमा हामीलाई शिवरात्रि भरीमा त्यो सकाउनु भनिएको थियो। हामीले सकायौँ। गल्ती के गर्यौं ? ’

उनले भने, ‘यति त्रुटिपूर्ण भएको हो कि हामीले त्यो सुनको जलहरी हाल्दैगर्दा हाम्रो प्रदेश सांसद नरोत्तम बैद्य र अधिवक्ता निकिता ढुङ्गानाले सुनको जलहरी हाल्नु हुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याउनु भयो । ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ । १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै हो । १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ । कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी हाल्यो । यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु ।’

 

२०८० ज्येष्ठ ३० १६:४३ बजे

प्रतिक्रिया