बलियो भोल्यूमसहित नेप्सेमा उछाल 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३० १५:२७ बजे

काठमाडौँ ।  सातको तेस्रो दिन सेयर बजार परिसूचक नेप्से परिसूचकले बलियो भोल्यूम सहित प्रतिरोध तोडेको छ । आज मंगलबार नेप्सेले १९८० देखि २०१५ को बलियो प्रतिरोध तोडेको हो ।  

आज नेप्से परिसूचक ३४.१७ अङ्कले उकालो लागेको छ । आज नेप्से उकालो लागेसँगै २०२०.६४ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इन्डेक्स ६.५२ अङ्क, फ्लोट इन्डेक्स २.३६ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३४ अङ्कले उकालो लागेको छ ।

आज कारोबारमा आएका २७० स्टकको ७० हजार ७५९ पटकको कारोबारमा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड ८ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज तीन स्टकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटि होटेलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । प्रभु स्मार्ट फण्डको इकाई मूल्य यस दिन सर्वाधिक ३।९३ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको साढे १७ करोडको शेयर कारोबार भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक उकालो लागेका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३२ अङ्क वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा  धेरैले उकालो लागेका छन् ।  

२०८० ज्येष्ठ ३० १५:२७ बजे

प्रतिक्रिया