स्वर्गद्वारी दर्शन गरी फर्किरहेकाे कार दुर्घटना हुँदा, ८ जना गम्भीर घाइते

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २९ १६:४० बजे

काठमाडौँ ।  प्युठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।  सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्युठानको भिग्री नजिक कार दुर्घटनामा परेको हो ।

 इलाका प्रहरी कार्यालय भिग्रीका अनुसार लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिका सहित ८ जना गम्भीर घाइते भएका छन् ।

२०८० ज्येष्ठ २९ १६:४० बजे

प्रतिक्रिया