गौर हत्याकाण्डसम्बन्धी रिटमा आज पनि सुनुवाइ भएन 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २९ १४:२३ बजे
गौर हत्याकाण्ड

काठमाडौँ । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि आज सुनुवाइ हुने गरी पेसी तोकिएको भए पनि सुनुवाइ भने हुन सकेन ।न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेन्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ हुन नसकेको हो ।

यही जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । 

उक्त रिट निवेदनमाथि सुनुवाइका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

२०८० ज्येष्ठ २९ १४:२३ बजे

प्रतिक्रिया