ओलीले अनावरण गरेको धरहराको शिलालेख झिकेर स्टोरमा थन्काइयो

ओलीले अनावरण गरेको धरहराकै टावरमा टाँसिएको शिलालेख काम नसकिएको भन्दै हालै निर्माण कम्पनीले नै झिकेर स्टोरमा थन्काएको छ

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २८ १४:११ बजे

काठमाडौँ । २०७२ सालको भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणको आधि काम सकियो छ । तर, ११ वैशाख, २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरामा लेखिएको शिलालेख निकालिएको छ ।

ओलीले अनावरण गरेको धरहराकै टावरमा टाँसिएको शिलालेख काम नसकिएको भन्दै हालै निर्माण कम्पनीले नै झिकेर स्टोरमा थन्काएको छ । निर्माण नसकिंदै उद्घाटन भएको धरहराको बाँकी काम समस्या परेको भन्दै निर्माण कम्पनीले नै उक्त शिलालेख हटाएको हो । त्यो समयमा ओलीले आफ्नो नाम लेखाउँदै धरहराको पुनर्निर्माणको शिलालेख अनावरण गरेका थिए ।

शिलालेख अस्थायी रूपमा राखिएको थियो । अहिले फिनिसिङको काम गर्दा बाँकी सबै काम गर्नुपर्ने भएपछि शिलालेख हटाइएको जनाइएको छ । बाहिर चर्चा भएजस्तो कसैको निर्देशनका आधारमा उक्त शिलालेख नहटाइएको निर्माण कम्पनीले स्पष्ट पारेको छ । निकालिएको शिलालेख सुरक्षित राखिएको छ । तर, अब शिलालेख लगाउँदा सरकारको निर्देशन अनुसार राखिने भएको छ ।

धरहरा निर्माणको बाँकी काम सकिएपछि सहरी विकास तथा भवन निर्माण विभागले जहाँ जसरी त्यो शिलालेख राख्न भन्छ, त्यसैअनुसार उक्त शिलालेख राखिने जनाइएको छ ।

२०८० ज्येष्ठ २८ १४:११ बजे

प्रतिक्रिया