भारतमा कारसँग स्कुटर ठोक्किँदा एकै परिवारका चार नेपालीको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २८ १३:५२ बजे

काठमाडौं । भारतमा स्कुटर दुर्घटना हुँदा कञ्चनपुर घर भएका एकै परिवारका ४ जनाको मृत्यु भएको छ। शनिबार भारतको उत्तराखण्ड अन्तर्गत खटिमा टनकपुर सडकखण्डको चकरपुर र वनबासा जंगलबीचमा रहेको जुरियानालामा कारले ठक्कर दिँदा स्कुटरमा सवार उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनीहरू चारै जना वनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरूलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा कञ्चनपुरको उल्टाखाम घर भएका ६० वर्षीय नेमबहादुर चन्द, ५६ वर्षीया उनकी श्रीमती सरस्वतीको मृत्यु भएको हो।

यस्तै, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाइकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ। उनीहरू खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए।

२०८० ज्येष्ठ २८ १३:५२ बजे

प्रतिक्रिया