प्रहरी परिचालन गरेर बन्चरेडाँडामा फोहोर विसर्जन - वडाध्यक्षले दिए आन्दोन गर्ने चेतावनि

प्रहरी परिचालन गरेर बन्चरेडाँडामा फोहोर विसर्जन - वडाध्यक्षले दिए आन्दोन गर्ने चेतावनि

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३० १६:०३ बजे
बन्चरेडाँडा

काठमाडौं‌ ।   काठमाडौं महानगरपालिकाले धादिङको बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर  फालेको  छ । काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो ।  फोहोर व्यवस्थापन कार्यलाई सहज बनाउनका लागि प्रहरी परिचालन गरिएको  नुवाकोटका एसपी रमेश पण्डितले बताएका छन् ।

सोमबार बिहान सत्तारुढ कांग्रेस, माओवदी केन्द्र र नेकपा समाजवादी पार्टीको धुनिबेंसी वडा नम्बर १ का वडा समितिको अगुवाइमा फोहोर बोकेका टिपरलाई ढाडेमा अवरोध गरिएको थियो ।

बन्चरे डाँडाको नजिकै पुगेका ६२ वटा टिपरलाई उनीहरूले फोहोर विसर्जन गर्न दिए पनि त्यहीँ रोकेर राखेका थिए ।त्यस क्रममा फोहोर बोकेका करिब सय वटा टिपरहरू बाटोमै राकिएका थिए ।नेकपा माओवादी केन्द्र धुनिबेंसी–१का वडाध्यक्ष विष्णु तामाङले आफूहरूविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको भन्दै ‘राज्यले कतिदिनसम्म प्रहरी परिचालन गर्छ हेर्छौं’ भन्दै आन्दोलनको स्वरुपम परिवर्तन गर्ने चेतावनी दिएका छन् । उनले आफूहरूले शान्तिपूर्ण रुपमा गरिरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको बताए।

२०७९ साउन ३० १६:०३ बजे

प्रतिक्रिया