त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्रहरी र लागूऔषध कारोबारीबीच गोली हानहान

लागू औषधका कारोबारीहरूले गोली चलाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनको लागि जवाफी फायरिङ गरेको हो

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २८ १२:५३ बजे

काठमाडौँ । काठमाडौँको त्रिभुवन विमानस्थल नजिकै लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको छ । ब्युरोबाट खटिएको टोलीले आइतबार बिहान गोली चलाएको हो । 

केन्द्रीय प्रवक्ता कुवेर कडायतले विमानस्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ब्युरोको टोलीले गोली चलाएको जनाएका छन् । 

लागू औषधका कारोबारीहरूले गोली चलाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनको लागि जवाफी फायरिङ गरेको हो । प्रहरीको गोली लागेर घाइते भएका विकास भगवत उपचारको लागि केएमसी अस्पताल लगिएको छ । भगवतको साथबाट केही मात्रामा लागू औषध पनि बरामद  गरिएको  प्रहरीले जनाएको छ ।  

२०८० ज्येष्ठ २८ १२:५३ बजे

प्रतिक्रिया