एसिया कप क्रिकेटको आयोजना पाकिस्तान र श्रीलङ्कामा हुने भयो 

पाकिस्तानमा हुने एसिया कपमा भारतले सहभागी नहुने भनेपछि प्रतियोगिता अन्योलमा परेको थियो

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २८ १२:४१ बजे

काठमाडौँ । अन्योलमा रहेको एसिया कप क्रिकेटको आयोजना हुने सम्भावना बढेर गएको छ । एसिया कप क्रिकेटको आयोजन नास्थल निश्चित भएसँगै एसिया कप हुने सम्भावना बढेको हो । पाकिस्तानमा हुने एसिया कपमा भारले सहभागी नहुने भनेपछि प्रतियोगिता अन्योलमा परेको थियो ।

एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलङ्का गर्ने लगभग निश्चित जस्तै भएको जनाएको छ । प्रतियोगिताका १३ मध्ये करिब पाँच वटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलङ्का आयोजना हुने गरी समस्या समाधान गरिने लागेको हो । श्रीलङ्कामा हुने खेलमा भारत सहभागी हुनेछ । १ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ । 

२०८० ज्येष्ठ २८ १२:४१ बजे

प्रतिक्रिया