डडेल्धुरामा म्याद गुज्रेका सामान बरामद

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २६ ०८:२१ बजे

डडेल्धुरा, जेठ २६ गते । डडेल्धुराका मुख्य बजार क्षेत्रहरुमा अनुगमन गर्दा म्याद गुज्रीएका खाद्य बस्तुहरु भेटिएका छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुरा तथा अन्य सरोकारवाला निकायहरुको समन्वयमा बजार अनुगमन गरिएको हो ।

 जिल्लाको तुफानडाँडा क्षेत्रका पसलहरुमा अनुगमन गर्दा नौ हजार नौ सय ४५ मूल्य बराबरको म्याद नाघेको सामान बरामद गरी नष्ट गरिएको छ । विभिन्न खुद्रा पसल, किराना पसल, मदिरा पसल र होटेलमा गरिएको अनुगमनका क्रममा मसला, भेनीगर, पानी, बिस्कुट, जुस तथा अन्य पेयपदार्थहरु म्याद गुज्रिएको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका सुचना अधिकारी अभिलाशा अर्यालले जानकारी दिनुभएको छ 

 कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमनलाई तिव्र गरिएको छ । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेवल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका प्रमुख, खाद्य अनुसन्धान अधिकृत गणेश कुमार रोक्काले जानकारी दिनुभएको छ । 


२०८० ज्येष्ठ २६ ०८:२१ बजे

प्रतिक्रिया