कालापानी क्षेत्रसँग जमिन साटफेर -प्रधानमत्री पुष्पकमल दाहाल

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २५ ०९:०५ बजे


काठमाण्डौ।प्रधानमन्त्रीले कालापानीदेखि लिम्पियाधुराको भूमि नेपालको भएको, यद्यपि भारतसँग बंगलादेशले सन् २०१५ जुनमा गरेजस्तो ल्यान्ड बाउन्ड्री एग्रिमेन्टको मोडल एउटा विकल्प हुन सक्नेबारे छलफल भएको पनि बताए । ‘भारत–बंगलादेशबीच भएको जमिनी सीमा सम्झौताको मोडेलबारे हाम्रो कुरा भयो । यो एउटा विकल्प हुन सक्छ भन्ने हो । यही नै निष्कर्ष भएको होइन,’ प्रधानमन्त्रीले भने, ‘हामीलाई बंगलादेश जाने बाटो दिने कुरा पनि एउटा विकल्प हो । नेपालमा विज्ञहरूले पनि भनिरहनुभएको छ । अर्को, ऐतिहासिक तथ्यका आधारमा लिम्पियाधुरासम्मको जमिन सर्लक्क फिर्ता गरे राम्रो हो । यो रणनीतिक रूपमा केही हो भने यसमा विकल्प पनि हुन सक्छ भन्ने कुरा गरैँ । त्यसपछि मोदीले उत्साहित भएर ल समाधान गरौँ भन्नुभयो ।’

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९इपिजी०ले तयार गरेको प्रतिवेदनबारे उनले आफ्नै ढंगबाट कुरा भएको खुलाए । ‘इपिजीको विषयमा मैले आफ्नो ढंगले कुरा गरेकै छु । यो विषयलाई बढी उचालेर दुईपक्षीय सहयोग विस्तारको परिणाममुखी वातावरण बिगार्न उचित थिएन । जुन तरिकाले कुरा गर्नुपर्ने थियो, कुरा भएको छ । अहिले हामीले गरेका सहमति कार्यान्वयनका लागि राम्रो वातावरण बनाउनुपर्छ,’ प्रधानमनत्रीको जवाफ थियो ।

प्रधानमन्त्रीले सन् २०१९ ९नक्सा प्रकरणपछि सम्बन्धमा विश्वासको संकट देखिएको, तर अब नेतृत्व तहमै राम्रो विश्वासको आधार बनेको पनि बताए । ‘मोदीजीले नेपाल–भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पुर्याउने भन्नुभयो । २०१४ को नेपाल भ्रमण सम्झेर अब सम्बन्धलाई सुपरहिट गर्नुपर्छ भनेर भन्नुभयो । यसले पनि हामीबीच विश्वासको वातावरण बन्दै छ भन्ने झल्काउँछ,’ प्रचण्डको दावी छ ।

राष्ट्रघात र आत्मसमर्पणवादमा छलाङ

भारतीय विस्तारवादी शासकलाई खुशी पार्न राष्ट्रघाती नागरिकता विधेयकको प्रमाणीकरण, भारतीय माओवादी नेताको सुपर्दगी, सस्तो लगानीका जलविद्युत आयोजनाहरुको सम्झौता, इपिजीको प्रतिवेदन, लिम्पियाधुरा–लिपुलेक–कालापानीसँग जमिन साटफेरको कुरा गर्नु, अखण्ड भारतको नक्सामा नेपाली भूमि लुम्बिनी र कपिलवस्तु राखिएको विषयमा अडानका साथ कुरा नउठाउनु, अनि १०८ केजी रुद्राक्ष र ५१ हजार पैसाको दानसहित गेरुवा वस्त्रमा कालेश्वर महादेवको पूजाआजा गरिनु आदिले प्रचण्ड भारतीय विस्तारवादका सामु लम्पसार परेको अर्थात् राष्ट्रघात र आत्मसमर्पणवादमा छलाङ लगाएको राजनीतिक तथा कुटनीतिक वृतमा टिप्पणी भइरहेको छ ।

मोदीले नेपाललाई सिक्किम बनाउन चाहेको आसय व्यक्त हुने भनाइलाई पुनः दोहो¥याएका छन् । उनले भने– “मैले भनेको थिएँ कि भारत र नेपालबीच यस्तो सम्बन्ध स्थापित गरिने छ जसले गर्दा हाम्रा सीमा हामीबीचको अवरोध बन्ने छैन,” उनको यो भनाइको आशय के हो रु दुई देशबीचको सीमा अवरोध नबन्ने गरी सम्बन्ध स्थापित गर्ने भनेको दुवै देशलाई एउटै सीमाभित्र राख्ने भन्ने बाहेक अरु हुन सक्दैन । मोदीको यस्तो विस्तारवादी नीति झल्कने भनाइको तीव्र रुपमा विरोध हुन जरुरी रहेको नेपाल भारत सम्बन्धका जानकारहरु बताउँछन् ।





२०८० ज्येष्ठ २५ ०९:०५ बजे

प्रतिक्रिया