कायममुकायम प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले कार्कीमाथि प्रधानन्यायाधीश पदको सम्मान, गरिमा र ओज कायम राख्न सक्ने हैसियत र ल्याकत नभएको दाबी गर्दै उजुरी हालेका हुन्

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २३ २०:२८ बजे

काठमाडौँ । कायम कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने भन्दै न्यायाधीशले नै उजुरी हालेका छन् । हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने भन्दै संघीय संसद्को संसदीय सुनुवाइ विशेष समितिमा बहालवाला जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले उजुरी हालेका हुन् ।

न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले कार्कीमाथि प्रधानन्यायाधीश पदको सम्मान, गरिमा र ओज कायम राख्न सक्ने हैसियत र ल्याकत नभएको दाबी गर्दै उजुरी हालेका हुन् । बहालवाला न्यायाधीशले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएको संसदीय सुनुवाइको यो पहिलो घटना हो ।

न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले ‘निजको नियुक्ति प्रधानन्यायाधीशजस्तो पदमा हुँदा सम्मानित अदालत र प्रधानन्यायाधीश पदकै अवहेलना हुने भएकाले सन्तुलन र नियन्त्रणको सिद्धान्त अनुसार पनि सम्मानित समितिबाट निजको नाम अस्वीकृत होस् भनी सादर निवेदन गर्दछु ।’ भन्दै उजुरी हालेका छन् ।

उनले कानुनी रिक्तताको अवस्थामा अवैध रूपमा कार्कीको नाम सिफारिस भएको भन्दै नाम सिफारिस भएको अवस्थामा २० दिनपछि नियमावली बनाएर सुनुवाइ गर्नु गलत हुने बताएका छन् ।

२०८० ज्येष्ठ २३ २०:२८ बजे

प्रतिक्रिया