धरानमा पानीको अभाव भएपछि वी.पी.कोइराला प्रतिष्ठान बन्द

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २३ १९:१२ बजे

काठमाडौँ । धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानीको चरम अभावको कारण स्नातक तहको अध्ययन एक हप्ता बन्द गरिएको छ ।

बीडीएस तथा इन्टर्नको दोस्रो वर्ष बाहेकको अरू कक्षा आज मङ्गलवार देखि ३० गतेसम्म बन्द गरिएको हो ।एकेडेमिक्सकी सहायक डीन डा.भीम्मी सिंहले सूचना जारी गर्दै पानीको चरम अभावको कारण कक्षा नै बन्द गर्नुपर्ने अवस्था  आएको जानकारी गराएका हुन् ।

चरम पानी अभावको कारण समस्या भइरहेको विद्यार्थीहरूले लिखित गुनासो दिएकोले पढाइ स्थगित गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिष्ठानको आफ्नै पानीको स्रोत रहेको छ । ती स्रोतहरूमा भएको मिसिनमा आएको खराबीको कारण समस्या भइरहेको जानकारी पाएको चिकित्सा कल्याण सङ्घले जनाएको छ ।

२०८० ज्येष्ठ २३ १९:१२ बजे

प्रतिक्रिया