भारतले अनुदानमा दिने राँगाबाट कम्तीमा १ लाख ५ हजार लाख डोज वीर्य उत्पादन गरिने

मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै नेपालको आग्रहमा उन्नत जातको मुर्रा प्रजातिको राँगो नस्ल सुधारका लागि अनुदानमा भारतबाट पाइने निश्चित भएको बताएको हो

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २१ १६:२६ बजे

काठमाडौँ । भारतले नेपाललाई दिन लागेको राँगोबाट एक लाख भैँसीमा नस्ल सुधार हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको समझदारीमध्ये भारतले नेपाललाई १५ वटा राँगो दिने विषय सामाजिक सञ्जालमा ट्रोल बनेपछि मन्त्रालयले भने यस्तो बताएको हो । 

मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै नेपालको आग्रहमा उन्नत जातको मुर्रा प्रजातिको राँगो नस्ल सुधारका लागि अनुदानमा भारतबाट पाइने निश्चित भएको बताएको हो ।

नेपालले यस अघि पटक–पटक औपचारिक र अनौपचारिक तवरबाट यस्तो राँगो माग गरेको मन्त्रालयले जनाएको छ । नेपालले ५ वर्ष अघिदेखि नै नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयअनुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक÷अनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन भएको मन्त्रालयले जनाएको छ । तीन वर्षअघि त लिखित रुपैयाँ राँगो माग गरिएको र १५ वटा उच्च नस्लका मुर्रा जातका पाडाहरू उपलब्ध गराउन भारतले प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । 

अहिले आएर भारतले दिने भनेको राँगो नेपाल सरकारलाई वस्तुगत सहायता स्वरूप निःशुल्क निःशुल्क उपलब्ध मन्त्रालयले जनाएको छ । यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू (पोखरा, नेपालगञ्ज र लाहान) मा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । यी राँगाहरूबाट ३ वर्ष पश्चात् वार्षिक कम्तीमा १ लाख ५ हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा १ लाख भैँसीमा कृत्रिम गर्भाधान गराइ नस्ल सुधार गरिने मन्त्रालयले स्पष्ट पारेको छ । 

२०८० ज्येष्ठ २१ १६:२६ बजे

प्रतिक्रिया