सचिव पाण्डेले स्वीकारे बालकृष्ण खाँणको निवासबाट बरामद कागज आफैले लेखेको

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २० १५:५४ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेको बयान सकिएको छ । बयानका क्रममा पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको चिट (कागज) आफूले लेखेको स्वीकारेका छन् ।

जिल्ला अदालत, काठमाडौँमा बयान दिँदै उनले हतास मनस्थितिमा रहेको बेलामा नोटबुकमा बैयक्तिक भावना लेखेको दाबी गरे । ‘मलाई पक्राउपूर्जी जारी हुँदै छ भन्ने जानकारी पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ’ बयानमा भनेका छन्, ‘उक्त राति म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएको रहेछ ।’

उनले प्रहरी हिरासतमा रहेका बेला उक्त नोट लेखेर निजी सचिव नरेन्द्र केसीमार्फत पूर्वमन्त्री बालकृष्ण खाँणलाई पठाएका बयान दिएका छन् । आफूलाई आकस्मिक रूपमा पक्राउ गर्न आएको प्रहरीलाई छल्ने क्रममा खाँणले उक्त नोट ९कागजको चिट० च्यातेर फालेका थिए ।

२०८० ज्येष्ठ २० १५:५४ बजे

प्रतिक्रिया