विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २० ११:०९ बजे

काठमाडौँ । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् । शनिवार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन्  ।

मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिवार बिहान ६:५० बजेतिर भेटिएका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले  बताएका छन् ।  ढकाल सोही विद्यालयको लेखापाल हुन् । 

ढकाल अघिकांश शरीरको भाग जलेको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । ढकाल बिहान विद्यालय जान्छु भन्दै घरबाट हिँडेका थिए ।गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान आफैले शरीरमा आगो लगाइएको खुल्नमा आएको छ ।

२०८० ज्येष्ठ २० ११:०९ बजे

प्रतिक्रिया