नेपालमा हिन्दु र बौद्ध धर्म मान्नेको सङ्ख्या घटिरहँदा, क्रिश्चियन मान्नेहरूको सङ्ख्या बढ्दै 

नेपालमा १० वटा धर्म मान्ने मानिसहरूको बसोबास रहेको पाइएको छ

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २० ०७:५८ बजे

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्याङ्क शुक्रबार सार्वजनिक गरिएको छ ।  जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरूको  बसोबास रहेको पाइएको छ । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ 

जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरूमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले धर्म हिन्दु मान्ने गरेका छन् । 

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

क्रिश्चियन बढ्यो

राष्ट्रिय जनगणना – २०६८ अनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरू थिए । उनीहरूको सङ्ख्या थोरै घटेको पाइएको छ । जनगणना २०७८ अनुसार हिन्दु ०.११ र बौद्ध धर्मावलम्बी ०.७९ प्रतिशत घटेका छन् ।

इस्लाम, किराँतसँगै क्रिश्चियन धर्म मान्नेहरूको सङ्ख्या भने थोरै बढेको छ । जनगणना २०६८ अनुसार इस्लाम धर्म मान्नेहरू ४.४ प्रतिशत थिए । यो ०.६९ बढेर ५.०९ प्रतिशत पुगेको छ ।

किरात धर्म मान्नेहरूको सङ्ख्या ०.०७ प्रतिशत बढेको छ । २०६८ मा ३.१ प्रतिशत रहेको किराँत धर्मावलम्बीहरूको सङ्ख्या यो पटक ३.१७ प्रतिशत पुगेको छ ।

क्रिश्चियन धर्म मान्नेहरूको सङ्ख्या ०.३६ प्रतिशत बढेको छ । २०६८ मा १.४ थियो, जुन यो पटक बढेर १.७६ पुगेको छ ।यस्तै प्रकृति, जैन र शिख धर्म मान्नेहरूको सङ्ख्या केही कम हुँदा बोन धर्मावलम्बीको सङ्ख्या भने थोरै थपिएको छ ।

धर्मजम्माप्रतिशतपुरूषमहिला
हिन्दु२३६७७७४४८१.१९११५८७५२९ 

 

१२०९०२१५

बौद्ध२३९३५४९८.२१११५९७९०१२३३७५९
स्लाम१४८३०६६५.०९७३२००६७५१०६०
किराँत९२४२०४३.१७४५११९३४७३०११
क्रिस्चियन५१२३१३१.७६२४०२०६२७२१०७
प्रकृति१०२०४८०.३५४८५२५५३५२१
बोन६७२२३०.२३३१९६८३५२५५
जैन२३९८०.०११२३६११५९
बहाइ५३७०.००२३४३०३
शिख१४९६०.०१८५९६३७
जम्मा२,९१,६४,५७८१००१,४२,५३,५५११,४९,११,०२७
२०८० ज्येष्ठ २० ०७:५८ बजे

प्रतिक्रिया