भारतको बथनाहाबाट छुटेको रेल  विराटनगर आइपुग्यो 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १८ १४:०७ बजे

काठमाडौँ । भारतको बथनाहाबाट हिँडेको कार्गो रेल नेपाल आइपुगेको छ । रेल नेपालको विराटनगर आइपुगेको हो । बिहीबार अपराह्न कार्गो रेल विराटनगर आइपुगेको हो ।

२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको सो रेल आज  विराटनगरको कस्टम यार्डमा आइपुगेको छ । आज बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो रेल सेवाको उद्घाटन गरेका  हुन् । 

२०८० ज्येष्ठ १८ १४:०७ बजे

प्रतिक्रिया