पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउने सहमति 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १८ १४:०० बजे

काठमाडौँ । दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबिच समझदारी भएको छ । भारतको सिलिगुडी देखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण  गर्ने समझदारी गरेको हो । 

यस्तै अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि समझदारी भएको छ । भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउने छ । यी तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपैयाँ भन्दा बढीको हुनेछ ।

नेपाल-भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदी उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले हस्ताक्षर  गरेका हुन् । 

२०८० ज्येष्ठ १८ १४:०० बजे

प्रतिक्रिया