बजेट कार्यान्वयन हुनेमा ढुक्क 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १६ १४:५३ बजे

काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री डा‍‍‍‍‍‍‍‍‍‍.प्रकाशशरण महतले बजेट कार्यान्वयन हुनेमा कुनै शङ्का नरहेको स्पष्ट पारेका छन् । बजेटमा लक्ष्य पूरा गर्न सकिने गरी तोकिएको दाबी गर्दै महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुने बताएका हुन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै उनले यस पटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए । बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रूपमै प्रयास गरिएको उनले बताए ।

सोमबार सङ्घीय सांसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.प्रकाशरण महतले २०८० / ८१ बजेट प्रस्तुत घोषणा गरेका थिए । १७ खर्बको बजेटमा पुँजीगत प्रकृतिको बजेट ४ खर्ब ७१ अर्ब हाराहारी रहेको भन्दै पुँजीगत खर्च नघटाइएको उनले बताए । सरकारले आगामी वर्षको लागि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने घोषणा गरेको छ । 

२०८० ज्येष्ठ १६ १४:५३ बजे

प्रतिक्रिया