वजेटमा सांसदलाई ५ करोड दिने प्राबधान राखेर भ्रष्टचारलाई बैधानिकता दिएको छ- लोकनारायण सुवेदी अध्यक्ष नेकपा

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १६ १०:५१ बजे

काठमाण्डौ।     नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले आज  एक लिखित  प्रतिकृया दिदै भनेक छन         नेपाल सरकारले आर्थिक बर्ष २०८०÷८१ लागि हिजो जेष्ठ १५ गते प्रस्तुत गरेको बजेट पनि परमुखापेक्षी, राष्ट्रिय आत्मनिर्भरता तथा राष्ट्रिय पूँजी निर्माणबाट बिमुख र परम्परागत किसिमकै आएको छ । यसले देशमा उत्पन्न भइरहेका र हुने आर्थिक संकटको सही समाधान दिनसक्ने देखिदैन । बजेटले देशलाई समुन्नत, आत्मनिर्भर तुल्याउने आधार निर्माणको जुन राष्ट्रिय आवश्यकता छ त्यसको परिपूर्ति गर्न सक्ने भरोसा दिन सकेको छैन ।

 यस बजेटले  पुनः जनताले निरन्तर बिरोध गर्दै आएको बिबादस्पद संसद बिकास कोष मार्फत प्रत्येक सांसदलाई ५ करोड दिने जुन प्राबधान राखेको छ  त्यसले पनि भ्रष्टचारलाई बैधानिकता दिएको छ र यसले सरकार बजेटको सन्दर्भमा पनि जन उत्तरदायी छैन भन्ने दर्शाएको छ ।

कृषिमा गैर रासायनिक मललाई प्रोत्साहन दिनेतिर भन्दा पहिले जस्तै रासायकि मलमा ३० अर्ब छुट्याइएको छ । यसले कमिशनमा त बढोत्तरी होला तर कृषि उत्पादन र उत्पादकत्व बढाउन र प्रकृति–मैत्री दीगो कृषि पद्धतिलाई प्रोत्साहन गर्न मद्दत गर्दैन । 

समग्रमा यो बजेट पनि जनमुखी, राष्ट्रिय हितमा आधारित र दूरदृष्टि नभएको चलनचल्तीको कर्मकाण्डीय दस्ताबेजकोरुपमा आएको छ ।

 


२०८० ज्येष्ठ १६ १०:५१ बजे

प्रतिक्रिया