भारतले आफ्नो नक्सावाट लुम्विनी र कपिलवस्तु नहटाए सम्म भारत भ्रमण स्थगित गर

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १६ ०९:२८ बजे

काठमाडौं ।    नेपालका प्रधानमत्री प्रचण्ड भारतको भ्रमण गर्नु पुर्वसध्यामा  भारतिय    प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको नयाँ संसद् भवनमा नेपाली भूभागसमेत समेटेर अखण्ड भारतको नक्सा अंकित गरिएपछि भारतसँग स्पष्टीकरण माग गर्नुपर्ने धारणा कूटनीतिज्ञहरुले राखेका छन् ।,उक्त नक्सामा अखण्ड भारत भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मका भूभाग समेटिएका छन् । भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ आरएसएस० ले अखण्ड भारतको धारणाले भौगोलिक अविभाजित भारतको प्रतिनिधित्व गर्ने बताउँदै आएको छ । तर, नेपाली भूमिलाई अखण्ड भारतको नक्सामा अंकित गरिएको विषयमा नेपालको कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर कूटनीतिज्ञले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा भएको यो क्रियाकलापबारे प्रधानमन्त्रीले भारतीय पक्षबाट स्पष्टीकरण माग्नुपर्ने जनाएका छन् ।

भारतले यसअघि २०७६ सालमा पनि नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नक्सा सार्वजनिक गरेको थियो । त्यसपछि नेपालले पनि ती क्षेत्रलाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीचको सम्बन्ध चिसिएको थियो ।

नेकपा (मशाल) ले हिजो एक वक्तव्य निकाले यसको विरोध जनाएको छ भन्ने  राष्टिय क्रान्तिकारी मोर्चाले आज यसका विरुध्दमा काठमाण्डौ विरोध सभा गर्दै छ। यस वारे सरकारको धारणा आउनु जरुरी छ। यहि अवस्थामा प्रधानमत्रीले भारत भ्रमण रद् गर्नु पर्ने देशभक्त क्रान्तिकारी पार्टी मशाल ले वताएको छ।


२०८० ज्येष्ठ १६ ०९:२८ बजे

प्रतिक्रिया