रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १४ १७:०० बजे

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी  रेशम चौधरीलाई आममाफी नदिन सर्वोच्च अदालतमा रिट दायर भएको  छ । सरकारले भने चौधरीलाई गणतन्त्र दिवसको उपलक्षमा आमामाफिको दिने तयारी गरिरहेको छ ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत)ले सर्वोच्चमा रिट दिएका हुन् । बोहराले रिट सर्वोच्च अदालतमा पेस गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जनाइएको छ । बोहराले यसअघि राष्ट्रपति कार्यालयलाई पनि चौधरीलाई आम माफी नदिन भन्दै निवेदन लेखेकी थिइन् । गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

२०८० ज्येष्ठ १४ १७:०० बजे

प्रतिक्रिया