वडाअध्यक्ष लाइ कार्वाहीको माग , जिल्ला प्रशासन कार्यालय घेराउ

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १४ १५:४५ बजे

दिवेश कुमार महतो। जनकपुरधाम 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष उपेन्द्र सहनीलाई कार्वाही गर्न मांग गर्दै बसहियाका स्थानीयबासीहरुले जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् ।

आइतबार सयौंको संख्यामा आएका स्थानीयबासीहरुले वडाध्यक्ष उपेन्द्र सहनीविरुद्ध विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका हुन् ।

उनीहरूले सार्वजनिक जग्गा जातीय अतिक्रमण गर्न पाइँदैन, भ्रष्ट र तानाशाह वडाअध्यक्ष मुर्दावाद, दोषीलाई कारबाही गर, सामाजिक सद्भाव कायम गर  भन्ने  लगायतका  नारा सहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

गत बिहीबार ऐलानी जग्गामा वडाध्यक्ष सहनीले सहनी धर्मशाला निमार्ण गर्ने भन्दै काम सुरु गर्न खोज्दा सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुट्टी नबनाई सामुदायिक दलान बनाउनु पर्ने मागसहित स्थानीयबासीले विरोध जनाएका थिए । सोहि क्रममा वडाअध्यक्ष सहनीसहित केहि व्यक्तिले बिरोध गर्न आएका करिब एक दर्जन स्थानीयवासी माथि निर्घात कुटपिट गरेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन ।

उनीहरुले कुटपिट गर्नेमाथि मुद्दा दर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र समेत बुझाएका छन् भने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई समेत ज्ञापन पत्र बुझाएका छन ।


२०८० ज्येष्ठ १४ १५:४५ बजे

प्रतिक्रिया