बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशङ्का

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १३ १६:०० बजे

काठमाडौँ । काठमाडौँबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशङ्कामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

शनिवार दिउँसो पौने २ बजे काठमाडौँबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशङ्कामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जनाकारी दिए । प्राविधिकहरूले उक्त जहाजको परीक्षण गरिरहेका छन् ।

२०८० ज्येष्ठ १३ १६:०० बजे

प्रतिक्रिया