धनगढी ६ लेन सडकमा बत्ती जडान भएपछि बढ्यो चहलपहल 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १२ १४:४९ बजे

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लाको धनगढी देखी अत्तरियासम्म ६ लेन सडक निर्माण पछि बिजुली बत्ती पनि जडान गरिएको छ । बत्ती जडान गरेसँगै सडकमा आएर फोटो र टिकटक भिडियो बनाउनेहरूको लाइन रहेको छ ।

धनगढी उपमहानगरपालिकाले मोहनापुल–अत्तरिया ६ लेन सडकमा नेपाल विद्युत् प्राधिकरणको ४० तथा उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा स्मार्ट सडक बत्ती जडान गरेर सञ्चालनमा ल्याएको हो ।

स्मार्ट सडक बत्ती जडानमा २ करोड ७० लाख खर्च भएको छ। उज्यालो धनगढी अभियान अन्तर्गत थप १५ वटा हाइमास्ट लाइट जडान गरिएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको धनगढी क्षेत्रमा १० वटा थप हाइमास्ट लाइट जडान गरिएको छ।

उपमहानगरपालिकाले ६ लेन सडकमा स्मार्ट लाइट तथा हाइमास्ट लाइट जडान भएसँगै टिकटक बनाउनेको सङ्ख्या विशेष गरी साँझ ७ बजेदेखि १० बजेसम्म ठाउँ ठाउँमा भेटिने गरेका छन् ।

६ लेन सडकमा बलेका लाइटको सहारामा तस्बिर खिच्नुका साथै टिकटक बनाउने बढेका हुन्। सबैभन्दा बढी भाटभटेनी आसपास, राजपुर क्षेत्र हुँदै धनगढी विमानस्थल प्रवेश गेट नजिक टिकटक बनाउने युवायुवतीको सङ्ख्या बढेको छ ।

२०८० ज्येष्ठ १२ १४:४९ बजे

प्रतिक्रिया