वडाध्यक्ष र वडा सचिव ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेपछि

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १२ १४:३३ बजे

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका एक वडाध्यक्ष र वडा सचिव विरुद्ध भ्रष्टाचारको  मुद्दा दायर भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ । 

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनीहरूलाई ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । रंगेहात पक्राउ परेका दुवै जनालाई ५० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

२०८० ज्येष्ठ १२ १४:३३ बजे

प्रतिक्रिया