रुकुम पश्चिममा जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ११ ०९:५९ बजे

काठमाडौँ ।  रुकुम पश्चिममा आज बिहीबार बिहान जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोलामा जिप दुर्घटना भएको हो । उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ ।

दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर मात्र घटनास्थलमा पुगेका कारण घटनाको थप विवरण आउन बाँकी रहेका छ । जिप सडकबाट झन्डै चार सय मिटर तल खसेको थियो  ।

२०८० ज्येष्ठ ११ ०९:५९ बजे

प्रतिक्रिया