बिहीबार काठमाडौँ उपत्यकामा रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १० १६:०६ बजे

काठमाडौँ । बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो । 

जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा हुने प्रवक्ता जितेन्द्र बस्नेतले एक सूचना निकाल्दै जनाकारी गराएका छन् ।  

२०८० ज्येष्ठ १० १६:०६ बजे

प्रतिक्रिया