हावाहुरीले भित्रीमदेशको जनजिबन अस्तब्यस्त,छोटे राजाहरु स्वार्थको लडाइमा मस्त,

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १० १४:०८ बजे

 डडेल्धुरा। आशु भण्डारी । डडेलधुराको भित्रीमदेश क्षेत्रमा हिजो राती १२ बजे तिर  आएको बिनाशकारी हावाहुरी असिना पानीले तान्डब मचाउदै जनजीवन अस्तब्यस्त  बनाइ दिएको छ।

परशुराम नगरपालिका का सादनी, लामिगडा, घुम्टेगडा, मलास, जमरानी करेनि, तातापानी कराली लगायत  विभिन्न ठाउमा बिनाशकारी हावाहुरिले घरका छाना, भान्सा घर , गाइगोठ, बिधालय भवन , विभिन्न संघ सस्था भवन उडाइ दिएको छ।बेमौसमी तरकारीवारी लगायत फलफूलका बोटबिरुवा तहसनहस हुनुका साथै  रुखहरु भाचिएका कारण सडक बाटोघाटो अबरुद्द हुनुका साथै संचार बिधुत सेवा  पुर्ण रुपमा  ठप्प भएको छ।

घरको छाना उडाएका कारण घरभित्र राखेका खाध्यवस्तु धान गहु असिनापानीले पुर्ण रुपमा क्षती भएको छ।वडा न. ६,७,८ का बिधालय भवन का अधिकतम रुपमा  छाना उडाएको र भवन भित्र राखेका किताब सर सामाग्रीहरु पुर्ण रुपमा  नोक्सान भएको महादेव आधारभुत बिध्यालयका  प्र.अ. बल बहादुर  महताले करिब ३ लाख बराबरको क्षती भए बताउदै   दुखेसो ब्यक्त गर्नु  भयो।

बिपद बाजा बजाएर आउदैन तैपनी १० र ११ गते  बिपद ब्यब्स्थापन शाखाले हिजो दिउँसो नै  हावाहुरी चट्याङ असिना पानी आउने र साबधानी अपनाउन जरुरी छ भनी सुचना जारी गरेपनी सर्ब साधारणको पहुच  सम्म सुचना नपुगेको र सुचना प्राप्त गरेका सर्ब साधारणले पनि बेवास्ता गरेको पनपा ६ करालिका भुपेन्द्र धामीले  बताउनु भयो।स्थानीय सरकारका छोटेराजाहरु आ- आफ्नो राजनीतिक स्वार्थका कारण हामी यता छौ  भन्ने खेलमै जुङ्गाको लडाइ गरिरहेका  र असली जनप्रतिनिधि भए  यो बिपदको समयमा जनताको माझमा आएर  काम गर्न हुन जनप्रतिनिधिहरु लाई  ।चुनौती पनि भुपेन्द्र धामीले दिनु भएको छ।

करिब ५ महिना देखि नगरमा कार्यकारी प्रमुख नहुदा सेवाग्राही मर्का मा भै रहेका बेला कार्यपालिका सदस्यहरु दलगत स्वार्थका कारण बिबादमा तानिएका छन।

हावाहुरीका कारण पनपा ८ जमरानिका राइमती धामीको कम्मरमा चोट लागेको र उपचारका लागि अस्पताल लैजाने क्रममा रहेको उहाका श्रीमान वीर बहादुर धामीले बिम्ब अनलाइन सङ्ग बताउनु भयो ।

इलाका प्रहरी कार्यालय तातापानी लाई हावाहुरीका कारणले पुर्याएको क्षतिका सम्बन्धमा बुझ्न खोज्दा आफ्नो टिम प्रभावित क्षेत्रमा भएको र यकिन विवरण आएपछी मात्र भन्न सकिने  बताउनु भएको छ।प्राप्त जानकारी अनुसार ३५ र ४० परिवार प्रत्यक्ष  रुपमा प्रभावित भएको प्रहरी हवल्दार शेर सिंह धामिले प्रारम्भिक जानकारी दिनु भएको छ साथै तत्काल का लागि  नगर सरकारले के गर्न सक्छ र बिपद सम्बन्धी योजना बारे बुझ्न खोज्दा नगर प्रमुख भरत बडायर जोशि सङ्ग सम्पर्क हुन सकेन ।


२०८० ज्येष्ठ १० १४:०८ बजे

प्रतिक्रिया