काठमाडौँमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर गरिन् आत्महत्या

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ६ ०९:५७ बजे
आत्महत्या

काठमाडौँ । काठमाडौँमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई  काठमाडौँ चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो आत्महत्या गरेकी हुन् । 

श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।शरीरमा आगो लागेपछि छटपटिँदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका  जिल्ला प्रहरी परिसर  काठमाडौँले जनाएको छ । 

अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान तीन बजेर २० मिनेटमा ज्यान गएको हो । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेका छ । पछिल्लो समय नेपालमा आत्मदाहका घटनाहरू बढिरहेका छन् । 

२०८० ज्येष्ठ ६ ०९:५७ बजे

प्रतिक्रिया